नयनपुर अस्पतालमा नाम ठेगाना नखुलेको ३५ वर्षिय युवकको उपचार हुदै;सहयोगका लागि डाक्टरको अनुरोध

शेयर गर्नुहोला


विसुन देव सरदार, सिराहा।

सिरहाको धनगडीमाई नगरपालिका वडा न. ९ नयनपुर अस्पतालमा पछिल्ला ४ दिन देखि नाम र ठेगाना नखुलेको अन्दाजी करिव ३५ वर्षिय युवकको उपचार भइरहेको छ।

हाल सम्म निज बिरामीको परिवारजन तथा आफन्त सम्पर्क नआएको डा. सन्तोष ठाकुरले बताए ।
अहिले बिरामीको अवस्था चिन्ताजनक देखिएको छ।
अस्पतालमा उपचार सम्भव नभएका कारण थप उपचारका लागि बाहिर पठाउनु पर्ने भएकाले निजको बिरामीलाई चिन्नु हुने व्यक्ति तथा आफन्तजन यस धनगडीमाई नगरपालिका ९ नयनपुर अस्पतालका सुचना अधिकारी शिव नारायण दासलाई मो. ९८४४२४०४२९ मा सम्पर्क गर्न सक्नु हन्छ।
बिरामी व्यवस्थापन गर्न सहयोग गरिदिन हुन डाक्टरले अनुरोध गरेको छ।

पछाडि पोस्टकोरोना संक्रमण कालमा संसारी देवीको पूजा गरिएको छ ।
अगाडि पोस्टहामी गैर लोकतान्त्रिक प्रवृत्त विरूद्ध संघर्षरत छाैं: समाजवादी युवा संघ