थप सावधानी अपनाउन र आवश्यक परेमा एन्टिजोन परिक्षण गर्न बोदे बर्साईन नगर प्रमुखको आग्रह !!

शेयर गर्नुहोला

सप्तरी टुडे सम्वादाता 

उमेश कुमार साह ।

जेठ-२२

सप्तरीको बोदे बर्साईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादवले नगरमा कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउन नगरबासीमा आग्रह गर्नुभएको छ । नगर प्रमुख यादवको अनुसार अहिलेको अवस्थामा आम नगरबासीलाई धैर्यधारण गर्दै सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ । जोखिमपूर्ण घडिमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख यादवले आम नगरबासीमा थप सजग, सचेत र सावधानी अपनाउन अनुरोध गर्नुभएको हो ।

नगरमा केहि कोरोना संक्रमण देखिएपछि बोदे बर्साईन नगरपालिका, स्वास्थ्य कार्यालय र स्थानीय प्रहरी प्रशासन बढि भन्दा बढि परीक्षणमा जुटेको जानकारी दिदै नगर प्रमुख यादवले कन्टयाक्ट ट्रेसिङमार्फत संक्रमितको सम्पर्कमा पुगेका ब्यक्तिहरुको पहिचान भईरहेको सार्वजनिक गर्नुभएको छ ।
बोदे बर्साईन ०५ स्थित स्वास्थ चौकीमा रहेको आईसुलेसनमा संक्रमितको उपचार भईरहेको भन्दै उहाँले कोरोना विरुद्ध संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भईरहेको बताउनुभएको छ । साथै नगर भित्र सम्पुर्ण वडा भित्र बोदेबर्साइन न.पा. भित्र सम्पूर्ण वडाहरूमा २०७८ जेठ् २१ गते देखी कोभिड -१९ एन्टिजोन परिक्षण भईरहेको हुँदा सम्पूर्ण नागरवासिमा हार्दिक अनुरोध गर्नु भएको छ, की कोभिड १९ महामारी नियंतान्न गर्न साधारण किसिमको रुँधा खोकी लागेको ब्यक्ति , सिकिश्त किशिमको बिरारामी र संकालागेका सम्पूर्ण ब्यक्तिहरुले नि:शुल्क कोभिड १९ को जाच गराई आफुलाई बचाऊ र अरुलाई पनि बचाऊ आग्रह गर्नु भएको छ।साथै आवश्यक परेमा निरन्तर रूपमा एम्बुलेन्स सेवा नि:शुल्क उपलब्ध गराउनु भएका छन।

पछाडि पोस्टतस्करी गर्न नपाएर कुख्यात केहि भारतीय तस्कर , प्रहरीलाई बदनाम गर्दै:-
अगाडि पोस्टबेलहिया होल्डिङ्ग सेन्टरलाई ४० कार्टुन मिनिरल पानी बितरण