सप्तरी प्रहरीद्वारा बालिका अपहरणमा संलग्न नविन पक्राउ ।

शेयर गर्नुहोला

सप्तरी टुडे सम्वादाता 

जेठ-२१

सप्तरी प्रहरीद्वारा बालिका अपहरणमा संलग्न नविन पक्राउ ।
बालिका अपहरणको आरोपमा सप्तरी प्रहरीले विहिवार सप्तरीको रुपनिबाट एक जनालाई पक्राउ गरेका छन।

राजविराज वडा नम्बर २ बस्ने सनोज देवका १४ वर्षिया छोरीलाई मोटरसाईकलको पछाडि बसाएर लग्दै गर्दा त्यहीका ३७ वर्षिय नवीन देवलाई मोटरसाइकल र बालिका सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपि राजेन्द्र धमलाले जनाए।
छोरीलाई जबर्जस्ती घरबाटै अपहरण गरी नविनले लगेको थाहा पाउने वितिकै प्रहरीलाई खबर गरेको बालिकाको परिवारले बताए।
बालिकाको बुवा सनोज देवले आरोपी देवमाथि बालिका अपहरणको जाहेरी प्रहरीमा दिएको वडा अध्यक्ष अरुण यादवले जानकारी गराए।

आरोपी नवीन देवले हत्या,कुटपिट, लुटपिट,लागू अौषध ओसारपसार , अपहरण लगायतका आपराधिक घटनामा समाजमा गर्दै , गराउदै आएको स्थानीयहरु बताउँछन् ।
प्रहरी र कानुनको उदासिनताले कति पटक हत्या जस्तो संगिन आरोपमा पक्राउ परेका नवीनलाई अदालतले दोषी ठहर गरेर पनि रकमकै चलखेलका कारण छुट्दै आएको वडा अध्यक्ष यादवले बताए।
यस घटनाकाे तहसम्म बुझेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख धमलाले बताएका छन।

पछाडि पोस्टनेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ३ सय कार्टुन “मदिरा”बरामद
अगाडि पोस्ट“मानव हितविरूद्धका गतिविधिलाई सरकारले सहने छैन: प्रधानमन्त्री”