“मानव हितविरूद्धका गतिविधिलाई सरकारले सहने छैन: प्रधानमन्त्री”

शेयर गर्नुहोला

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव हितविरूद्धका गतिविधिलाई सरकारले नसहने बताएका छन्।

नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

छुवाछुत विरूद्धको राष्ट्रिय दिवसमा आज शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता अमानवीय हिंसाका घटनाहरूको छानविनमा दोषीलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन।

साथै प्रधानमन्त्री ओलीले ‘मानव हितविरूद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन’ भनेका छन्।

पछाडि पोस्टसप्तरी प्रहरीद्वारा बालिका अपहरणमा संलग्न नविन पक्राउ ।
अगाडि पोस्टनेपाल आइपुग्यो “अष्ट्रेलियाबाट” आएको अत्यावश्यक स्वास्थ्य सामाग्री