“भगवान शिवको दर्शन गरी,जेठ १० सोमबार को भविष्य हेर्नुहोस”

शेयर गर्नुहोला

‘मेष’: “व्यापारमा लगानी गरेपनि तत्काल फाइदा हु’नेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातीत हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघा’त हुनेछ । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ।”

‘वृष’: “प्रेमको ब न्ध न कसिलो हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइलेखाइमा प्रगती हुनेछ।”

‘मिथुन’: “शत्रुमाथि विजय हासिल गर्न सकिनेछ तथा आँट, साहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यावसाय शुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ।”

‘कर्कट’: “आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने विद्यार्थीहरुका लागि समय उत्तम रहेको छ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । शेयर बजारको लगानी विगत भन्दा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ।”

‘सिंह’: “घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकाले केही समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवीहरुका लागि समय मध्यम रहेको छ।”

‘कन्या’: “व्यापार व्यावसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ।”

‘तुला’: “व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । गीतसंगीत तथा मोडलिङ पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ।”

‘वृश्चिक’: “व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरीरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन।”

‘धनु’: “पढाइलेखाइमा मन जाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छ । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला द ण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आइ खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । बिदेशबाट खुशीको खबर आउनेछ । विदेशी सामानको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ।”

‘मकर’: “पैत्रिक धन तथा सञ्चित धनसम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत् मनग्गे धन आर्जन गर्न सकिनेछ । ईच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमंग छाउनेछ । पढाइलेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ।”

‘कुम्भ’: “राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तिको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुबा तथा अग्रजहरुको आशिर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पत्ति प्राप्त हुनेछ”

‘मीन’: “नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यावसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ । पढाइलेखाइकै सिलसिलामा लामो तथा छोटो दूरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बीच अझ विश्वास बढेर जानेछ।”

पछाडि पोस्टभीम अस्पताललाई  आर्थिक तथा स्वास्थ्य सामग्री प्रदान
अगाडि पोस्टनागरिकता अध्यादेशको बिरोधीलाई एमाले नेतृ रन्जु झा ठाकुरको प्रश्न