पश्चिम नवलपरासीमा आज २४ जना निको भएको

शेयर गर्नुहोला

उर्मिला यादव यात्री
जेठ ३,
पश्चिम नवलपरासीमा आज सोमबार ३५ जनामा को’रोना संक्रमण पुष्टी भएको छ । पी’सीआर परीक्षणबाट २० र एन्टिजेनबाट १५जना गरी ३५ जनामा को’रोना संक्रमणको पुष्टि भएको हो ।

यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, एक सय २५ पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा ४ जना महिला र ४ जना पुरुष गरी आठ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गरी बर्दघाट नगरपालिकामा ७ जना, रामग्राम नगरपालिकामा ७ जना, सरावल गाउपालिकामा ६ जना, प्रतापपुर गाउपालिकामा १ जना, सुस्ता गाउपालिकामा ५ जना र पाल्हिनन्दन गाउपालिकामा एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तैगरी आज को’रोनाबाट २४ जना निको भएका छन भने जिल्लामा कुल १हजार ७ सय ८ जना को’रोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय २१ रहेको छ । आज को’रोना संक्रमणबाट पाल्हिनन्दन गाउपालिका वडा नम्बर तीनका ६० बर्षिय पुरुषको पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा मृ’त्यु भएको छ । यो संगै जिल्लामा मृ’त्यु हुनेको संख्या ९६ पुगेको छ।”

पछाडि पोस्ट“राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको हाहा’कार”
अगाडि पोस्टखानेपानी ट्याङ्की वनमारा घारीमा परिणत