“राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको हाहा’कार”

शेयर गर्नुहोला

राजविराज। सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको हाहाकार भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जित झाका अनुसार यसअघि सुनसरीको दुहबीबाट ल्याइरहेको अक्सिजन त्यहाँको डिपोले दिन नमानेपछि समस्या भएको छ ।

“गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनका ११० वटा सिलिण्डर छन् । तीमध्ये खाली भएका २४ वटा सिलिण्डर आज बिहानै दुहबीस्थित डिपोमा पठाएका छौं,’ उनले भने, ‘तर त्यहाँको डिपोले भर्न इन्कार गरेको छ ।”

यस विषयमा प्रमुख जिल्ला अधिकारीले डिपोमा फोन गरिसकेको तर पनि अक्सिजन भर्न नमानेको डा. झाले बताए । डिपोले तीन दिनपछि मात्रै अक्सिजन उपलब्ध गराउने जानकारी दिएको उनले बताए ।

तत्कालै अक्सिजन उपलब्ध नभए अस्पतालमा उपचार गराइरहेका बिरामीको अवस्था नाजुक हुन सक्ने उनले बताए । ‘दिंदै आएको डिपोले एक्कासी तीन दिनपछि अक्सिजन दिने बताउँदा दिमागले काम गर्न छोडेको छ,’ उनले भने, ‘अहिलेसम्म भर्ना भएका सबै कोरोना संक्रमित अक्सिजनकै भरमा छन् । नआए उनीहरुलाई धेरै समस्या हुन सक्छ ।’

पछाडि पोस्ट“इजरायलको हवाई आक्र’मण सुरुङमा , २०७ जनाको मृ’त्यु”
अगाडि पोस्टपश्चिम नवलपरासीमा आज २४ जना निको भएको