“को’भिड पोजि’टिभलाई तिलाठी कोइलाडी गाउँपालिकाबाट औषधि वितरण।”

शेयर गर्नुहोला

राजविराज ।
“कोरो’ना भाइर’सको संक्रमण दर बढ्दै जाँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरो’ना संक्रमित ब्यक्तिहरुलाई औषधि वितरण गर्न थालेको छ ।”

“तिलाठी कोइलाडी गाउँपालिकाले कोरो’ना पो’जिटिभ ब्यक्तिको घरमा स्वास्थ्यकर्मी मार्फत औष’धि वितरण सुरु गरेको हो । वडा नं. १ तिलाठीबाट आइतबारदेखि गाउँपालिकाको कोभिड १९ सम्पर्क ब्यक्ति जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा र जनस्वास्थ्य निरीक्षक दिपक मण्डलले औषधि वि’तरण सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले जानकारी दिनुभयो।”

“जिल्लामा कोरो’ना संक्र’मितको चेन तोड्न जिल्ला प्रशासन कार्यालय सप्तरीले निषे’धाज्ञा लगाएको कारण संक्रमितहरु आव’श्यक औष’धि खरिद गर्न न’सक्ने कुरालाई ध्यानमा राखी संक्रमित ब्यक्तिको घरदैलोमै औषधि पु¥याउने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताउनुभयो ।”

“संक्रमित ब्यक्तिलाई निको हुन चिकित्सकको परा’मर्शमा आव’श्यक औषधिहरुको कि’ट वितरण थालिएको अध्यक्ष सिंहको कथन छ।”

“सप्तरीमा कोरो’ना संक्रमितको संख्या बढ्दै जाँदा तिलाठी कोइलाडी गाउँपालिकामा समेत संक्रमितको संख्या दिनहु बढ्दो रहेको छ । दोस्रो लहरमा एन्टीजेन जाँचबाट ७ जनासहित जम्मा ४६ जना संक्रमित देखिएको छ । कूल संक्रमितमध्ये ३७ पुरुष र १० महिलासहित ४७ जना संक्रमित भएको छ भने दुई जना पुरुषको मृ’त्यु भएको गाउँपालिकाका वि’पद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो ।”

“गाउँपालिकाको वडा नं. १ बेल्हीस्थित भन्सार चौकमा चैत्र १२ गतेदेखि सञ्चालित हेल्थ डेस्कमा जेठ २ गतेसम्ममा भारतबाट फर्किएका १ हजार १ सय ९१ जना ब्यक्तिको जाँच गरिएको छ । भारतबाट फर्कि’एकामध्ये २ सय ८० जना महिला र ९ सय ११ जना पुरुष रहेको विपद् ब्यवस्थापन अधिकृत झाले जानकारी दिनुभयो । हेल्थ डेस्कमा भारतबाट फर्किने ब्यक्तिको तापक्रम लिई शं’कास्पद वा लक्षण देखिने ब्यक्तिको एन्टी’जेन टेष्टको समेत ब्यवस्था रहेको छ ।”

पछाडि पोस्ट“४ अर्ब ३१ करोड रु. , अक्सि’जन प्लान्ट र भेन्टि’लेटर राख्न”, ‘कुन अस्पतालले कति पाए ?’
अगाडि पोस्ट“इजरायलको हवाई आक्र’मण सुरुङमा , २०७ जनाको मृ’त्यु”