मलेसियामा नेपाली कामदार सम्पर्कविहिन हुँदा परिवार चिन्तित

शेयर गर्नुहोला

हेल्प मधेशी कतार – मलेसियाको एक ग्यास सिलिन्डर कम्पनीमा काम गर्ने नेपाली कामदार केहि दिनयता आफन्त,साथीभाइ तथा परिवारको सम्पर्कविहिन भएको खबर हेल्प मधेसी कतारको सदस्य राम लाल यादवले समाजिक स्ञ्जाल द्वारा जानकारी गराउनु भएको छ।

यादबका अनुसार जिल्ला सिरहा गाउँपालिका नरहा वार्ड न.-४ बस्ने अन्दाजी बर्ष ४० को श्याम किशोर यादव केहि दिनयता सम्पर्कविहिन भएको छ्न।कामदार श्याम किशोर यादव मलेसियाको केम्पार स्टेट न.-35 स्थित बन्हय्गलङ्ग नाम गरेको ग्यास सिलिन्डर कम्पनी मा काम गर्दै आएको थियो ।केही महिना अगाडि उहाँले कम्पनी छोडेर अर्कै ठाउँमा लुकिछिपी केहिले यता कहिले उता काम गरिरहेको थियो। हेल्प मधेसी कतारको सदस्य राम यादवको भनाइ अनुसार एकाएक श्याम किशोरको घरबाट मलाइ फोन आएको हो र धेरै चिन्तित अवस्थामा मलाई श्याम किशोर को उद्दार गरिदिनुहुन आग्रह गरेको हो। त्यहीँबाट बाट मैले मलेसियाको साथीहरूलाई भन्दा त्यहा तत्काललाई कुनै पनि हालतमा नेपालको लागि उडान नहुने भएकाले खाने बस्ने ब्यवस्था सहित घर आउनलाई दूतावासमा पहल गर्न साथीलाई भनेर व्यवस्था मिलाए दिएको थिये।
त्यहाबाट पनि केही दिनमै छोडेर अहिले सम्पर्कविहिन भएको उहाँकै एकजना आफन्त केम्पार एरियामै काम गर्ने दुखी यादवले यहाँ कतार बस्ने उहाँको भाइ राजकिशोर यादवलाई जानकारी गराएको छ। यस्तो अवस्थामा उहाँको घरपरिवार धेरै नै चिन्तित भएको छ्न।

उक्त नेपाली श्याम किशोर यादव भनेर चिनिने ब्यक्ति यदि मलेसियामा कहि कते समपर्कमा आएमा हेल्प मधेसी कतार तथा तलको नम्बरहरुमा जानकारी गराइदिन्हुन हेल्प मधेसी संस्था कतारले आम मलेसियामा बस्ने दाजुभाइ दिदीबहिनी कामदारहरुमा विनम्र अनुरोध पनि गरेको छ्न ।

सम्पर्क नम्बरहरु:-
पीडित को मोबाइल नम्बर -६०११२८४९२९९८
दुखी यादव +६०१६६३१२९७४+६०११११०५९४१२
उहाँको घर को मोबाइल नम्बर ००९७७७९८२९७१७२२६
हेल्प मधेसी परिवार दोहा कतार राम यादव ००९७७४७०९३७५८०

पछाडि पोस्टकामै नगरी रकम हजम:
अगाडि पोस्टसप्तरी युथ नेपालले निरन्तर विषादी छर्किदै: