“प्रेस युनियन सुनसरीले मोबाइल डाक्टर सेवा सुरु गर्दै”

शेयर गर्नुहोला

इटहरी। नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका को”रोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका को”रोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहितको नि:शु’ल्क परामर्श दिने भएको हो ।

“दोस्रो चरणको भेरियन्ट आइकन जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी को”रोना संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पता’लमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइ’सो’लेट भएर बसेका छन्,” अधिकारीले भने, “यसकारण हामीले घरमै आइ”सोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका हौँ ।”

उनका अनुसार डा. अमितकुमार खतिवडा (मेडिकल अधिकृत) र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी युनियनले तयारी अघि बढाइएको छ ।

घरमै गएर “मोबाइल डाक्टर” सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुने भएकाले को”रोनामुक्त हुन सहज हुने अधिकारीको भनाइ छ। यसैबीच डा. खतिवडासँग युनियनले आइतबार सम्झौता समेत गरेको छ ।

युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीहरुको निःशुल्क को”रोना बीमा गरेको थियो । ती मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको अधिकारीले बताए ।

यस्तै, इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरुलाई अक्सिजनसहितको नि:शुल्क सेवा दिने तयारी गरिएको छ ।

पछाडि पोस्ट“सुखद समाचार”, ‘अब नेपालमा संक्रमितको संख्या घट्दै, निको हुने दर बढ्दै’
अगाडि पोस्टबाटो अभाबमा रुमलिएको बस्तीमा सास्ती भोग्दै जनता ।