हरिनगरमा पसल संचालकलाई प्रहरीले गरे निर्घात कुटपिट

शेयर गर्नुहोला

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वडा ०१ मा नियम उलंघन गरेको स्वीकार गरिएको पनि प्रहरीले पसल खोलेको भन्दै स्थानीय २१ वर्षीय असलम हुसेनलाई पसल भित्र पसेर सटर लगाइ निर्घात कुटपिट गरेको हुसेनले बताउनुभयो ।

कोरोना भाइरसको कारण सुनसरी जिल्लाले गरेको लकडाउनको १६ औं दिन जेठ २ गते हुसेनले पसल खोलेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीले जथाभावी रुपमा लठठी, जुत्ताले कुटपिट गरेको हुसेनले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टाेलीले करिब १० बजेको समयमा गस्ती तथा लकडाउनको अनुगमन गर्ने क्रममा गाउँमा अन्य अरु सबै पसल खोलिएको भएता पनि प्रहरीले आफुलाइ मात्र लक्षित गरेर कुटपिट गरेको बताउनुभयो ।

सोही घटनाको क्रममा पीडितका हजुरबुबा ६९ वर्षीय करामुल हुसेनले आफ्नो नातिलाई बचाउन थाले पछि प्रहरीलेनै आफू माथि लठठीले कुटपिट गरेको र करिब ४० वर्षीय आमालाई पनि लठठीले हिर्काएको पीडितका हजुरबुबाले बताउनुभयो ।

यता साबिर हुसेनले समेत पसले माथि प्रहरीले विना कारण लाठीचार्ज गरिएको घटनाप्रति खेद व्यक्त गर्दै घटनामा सलग्न प्रहरीलाई कारवाही गर्न माग गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष गफार मियालाई यस विषयमा जानकारी गराउदा प्रहरीले यस्तो गर्नु पर्दैन थियो पर बाटै समझाइ बुझाइ पसल बन्द गर्न आग्रह गर्नु पर्थियो भन्ने प्रतिक्रिया दिनुभयो ।

सोही घटनाको बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक कमल थापालाई ९८५२०८५५५५ नम्बरमा २ पटक फोन गर्दा फोन उठेन ।

पछाडि पोस्ट“प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ, नेता माधव नेपाल’बीच सिंहदरबार’मा वार्ता”
अगाडि पोस्टनेपालमा आज को”रोना संक्रमण बाट एक सय ४५ जना को ज्या’न गएको।