सुनसरीमा निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेना परिचालन

शेयर गर्नुहोला

सुनसरीमा निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेना परिचाल

सप्तरी टुडे

जेष्ठ-१

सुनसरी।

प्रदेशको नं १ सुनसरी, मोरङ र झापामा निषेधाज्ञा कार्यान्वयन गर्नका लागि नेपाली सेना र सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।

शनिवार देखी सुनसरी, मोरङ र झापामा जेठ १५ गतेसम्म पूर्ण निषेधाज्ञा कार्यान्वयन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ ले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । प्रदेश सुरक्षा समितिको बैठकले सुनसरी, मोरङ र झापा जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमण र मृत्यु दर बढ्न सक्ने पूर्वानुमान गदै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताउनु भएको छ ।
निषेधाज्ञा पालना गराउन जिल्लाका सबै सहरमा जनचेतना र माइकिङ गर्ने काममा सेना परिचालन गर्ने र जिल्ला जोड्ने सीमा नाकामा सुरक्षाकर्मी थप गरेर एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्न समेत कडाइ गरिने पौडेलले बताउनु भयको छ ।

निषेधाज्ञा अवज्ञा गर्ने विरुद्ध कानुनी कारबाहीमा समेत जोड दिइने बैठकबाट निर्णय भएको छ । बैठकबाट प्रदेश १ मा अक्सिजन अभाव हुन नदिन मन्त्रालयबाट कार्यदल गठन गर्ने निर्णय भएको छ ।

निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा ऐन अन्तर्गत काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना दुवै सजाय हुने बताउनु भएको छ ।

पछाडि पोस्टछिन्नमस्ता अस्पताल राजविराजमा ५० बेडको आइसोलेशन
अगाडि पोस्टग्लोबल आइएमई लघुवित्त द्धारा प्रहरीलाई सेनिटाईजर र मास्क सहयोग