नेपाल प्रहरीद्वारा सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा

शेयर गर्नुहोला

 

सप्तरी टुडे संवाददाता
वैशाख-२६

जनकपुरधाम
नेपाल प्रहरीले आज सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई संबंधित अक्सिजन प्लान्ट उद्योग तथा अस्पताललाई हस्तान्तरण गरेका छ्न।

२ न. प्रदेश प्रहरीको सक्रियतामा स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले आज प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको अक्सिजन भरी सिलिण्डर एक सय ३२ वटा र खाली सिलिण्डर पाँच सय ६८ वटा गरी जम्मा सात  सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक Distributor मा बुझाएको प्रदेश प्रहरीको प्रेस बिज्ञप्तीमा भनिएको छ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उदेश्यले कोरोना महामारीको नयाँ भेरियन्टले भयावह स्थिति ल्याएको अवस्थामा अस्पतालमा अक्सिजनको अभाव देखिएको हुदा यश बारे थप अनुसन्धान र कार्वाही भैइरहेको प्रहरीले जनाएको छ।स्वास्थ्य प्रयोजन बाहेक प्रयोजनका लागि अक्सिजन सिलिन्डर स्टोक नगर्न समेत अपिल  गरेका छ्न।

पछाडि पोस्टनेपाल राष्ट्रिय बंगाली समाजद्वरा रविन्द्रनाथ ठाकुरको १६० औँ जन्म ज्यन्ति मनाइयो।
अगाडि पोस्टक्षय रोग पीडितलाई नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्यले सहयोग