बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन तत्कालीन सञ्चालनमा

शेयर गर्नुहोला

 

बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन तत्कालीन सञ्चालनम

उमेश कुमार साह

बैशाख २३ गते बिहिवार

सप्तरी – कोरोना संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन तत्कालीन सञ्चालनमा ल्याइएको छ।

बोदे बर्साईन नगरपालिकाले वडा नम्बर ०५ स्थित ईलाका स्वास्थ चौकीको भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो।

माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोदे बर्साईन नगरपालिकामा २० बडको आइसोलेसन सञ्चालनमा ल्याइएको बोदे बर्साईन नगरपालिकाको स्वास्थ संयोजक बैधनाथ साहले जानकारी दिए।

तत्कालीन २० बेडको आइसोलेसन भएको र पछि कोरोना संक्रमितको थप्दै जादा आइसोलेसनमा बढाउने जाने तथा अन्य सुबिधा ,सेवा प्रदान गर्ने पनि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए। उनले कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था रहेको बताएका छन्।

एम्बुलेन्स हाम्रो नगरको संक्रमित बोक्न प्रयोग गरिने छ।’ आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ। बोदे बर्साईन नगरपालिका भित्र नै आइसोलेसन सञ्चालनमा आए पश्चात नगरका बासिन्दालाई कोरोना उपचारमा सहयोग पुग्ने भएको छ।

पछाडि पोस्टसप्तरी टाइगर युथ ग्रुप समाज सेवाद्वारा मृतक बुधन सदाको परिवारलाई खाधान्न सहयोग
अगाडि पोस्टप्रशासनको खिल्ली उडाउदै मिर्चैयामा बजार लाग्यो : संक्रमण फैलिने त्रास