कोरोना संक्रमणका कारण सप्तरीका एक शिक्षकको मृत्यु

शेयर गर्नुहोला

२१ वैशाख ,धरान। सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ ।

सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित श्री राष्ट्रिय माविका शिक्षक रामदेव चौधरीको कोभिडका कारण निधन भएको छ । उहाँ धरानमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो । ४५ वर्षीय शिक्षक चौधरी लाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

शिक्षक चौधरी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।

पछाडि पोस्टसप्तरीमा कोरोना संक्रमण:एकै दिन ६९ जना मध्ये ४१ मा संक्रमण पुष्टि
अगाडि पोस्ट७ दिनमा कोरोना च्वाटै हुन्छ , १५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भन्दै मिडियामा आए यी युवा