सप्तरीमा कोरोना संक्रमण:एकै दिन ६९ जना मध्ये ४१ मा संक्रमण पुष्टि

शेयर गर्नुहोला

सप्तरीमा कोरोना संक्रमण:एकै दिन ६९ जना मध्ये ४१ मा संक्रमण पुष्ट

सप्तरी टुडे संवाददाता

सप्तरी २० वैशाख ः
सप्तरीमा ६९ जनाको पीसीआर परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा ६९ जनाको पीसीआर परीक्षणमा १० महिलासहित ४१ जनामा पोजिटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताउनु भयो । जसमध्ये १३ जना राजविराजका छन् भने ३ जना सप्तरी जिल्ला बाहिरका छन् ।
अस्पतालका अनुसार राजविराज नगरपालिका–१ का ३३ वर्षीय पुरुष, राजविराज–३ का ३० र ३२ वर्षीय पुरुष, राजविराज– ६ की ३२ वर्षीया महिला, २१, ५२ र ५४ वर्षीय पुरुष, राजविराज–७ का २४ वर्षीया महिला, राजविराज– ८ का ५४ वर्षीया महिला र २१, ५२ र ४४ वर्षीय पुरुष तथा राजविराज– ९ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
कञ्चनरुप नगरपालिका–२ की १५ र २८ वर्षीया महिला, ३५ र ४४ वर्षीय पुरुष, सप्तकोशी नगरपालिका–१ का ३४ र ४४ वर्षीय पुरुष, बोदे बर्साइन नगरपालिका–६ का ३२ वर्षीय पुरुष, वडा नम्बर–५ का २९ वर्षीय पुरुष, डाक्नेश्वरी नगरपालिका–७ की ३४ वर्षीया महिला, वडा नम्बर–९ का ७० वर्षीय पुरुष, डाक्नेश्वरी–१० का ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
राजगढ गाउँपालिका–३ की ७० वर्षीया महिला, रुपनी गाउँपालिका–१ का रुपनी १ का २२, २८ र २८ वर्षीय पुरुष र रुपनी–२ का ३० वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ का ३५ वर्षीया महिला, २७ र ५५ वर्षीय पुरुष, वडा नम्बर–८ का २८ वर्षीय पुरुष, महादेवा गाउँपालिका–३ का २५ र २४ वर्षीय पुरुष, महादेवा–५ का ५० वर्षीया दुई महिला र ५५ वर्षीय पुरुष संक्रमित भएका छन् ।
सिरहाको लहान नगरपालिका–३ का ३२ वर्षीय पुरुष, सिरहाकै कल्याणपुर–५ का २२ वर्षीय पुरुष र धनुषाको मिथिला बिहारी–६ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको अस्पतालले जानकारी दिएको छ ।
योसहित हाल सप्तरीमा सक्रिय सङ्क्रमित सङ्ख्या १ सय ३२ जना पुगेको छ । संक्रमितमध्ये एक जना धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । नयाँ संक्रमित २ सहित हालसम्म सप्तरीमा ४३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो ।

पछाडि पोस्टसिमा नाकामा दिनभर लकडाउन रातभर तस्करी : खेतको बाटो प्रयोग गर्दै आरिपारी
अगाडि पोस्टकोरोना संक्रमणका कारण सप्तरीका एक शिक्षकको मृत्यु