सिमा नाकामा दिनभर लकडाउन रातभर तस्करी : खेतको बाटो प्रयोग गर्दै आरिपारी

शेयर गर्नुहोला

अजमल अन्सारी । इनरुवा
देशभर लकडाउन छ नेपाल संग सिमा जोडिएका भारतिय नाकाहरु पनि सिल गरिएको छ । लकडाउनका कारण सवै मानिसहरु घर भित्रै बसिरहेका छन् । सुनसरीमा भने भारत संग सिमा जोडिएका मुख्य नाकाहरु बन्द भए पनि अन्य बाटो प्रयोग गरेर आवतजावत गर्ने क्रम रोकएको छैन भने सिमाक्षेत्रमा हुँदै आएको तस्करी समेत रोकिएको छैन ।

दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रातपरेसंगै भारत संग जोडिएका सिमा नाका बसन्तपुर, भोक्राहा, साहेवगंज, लगायतका नाका आसपासमा चहलपहल बढ्ने गरेको छ । जव रातको ९ बज्छ त्यसपछि भारततर्फबाट नाका बन्द भए पनि खेतको बाटो प्रयोग गरेर भारतिय बजार बाट सुर्ती, बिडी, चिनी, रजनीगन्धा, प्याज, कपडा, सिमेन्ट , माछा लगायतका सामानहरु माेटरसाइकलमा लोड गरेर नेपाल तर्फ भित्राउने क्रम करिव विहानको ४ बजे सम्म चल्ने गरेको सिमा क्षेत्रका स्थानियहरुले बताएका छन् ।

तस्करहरुले खेतको बाटो प्रयोग गरेर सामानहरु भित्राउने गरेका छन् । सिमा क्षेत्रका कतिपय नेपालीहरु लोड अनलोडको काम गर्न रातको समयमा भारतिय क्षेत्रमा जाने गरेका छन् । लोड अनलोडकै काम गर्ने एक कामदारले आफ्नो नाम नबताउने शर्तमा भने लकडाउनले तस्करीमा प्रभाव पारेको छैन । उनले आफुले लोड अनलोड गरे बापत नेपाली ५ सय रुपैयाँ पाउने गरेको उनले बताए ।

कोरोना संक्रमणको जोखिम उच्च भएको समयमा सिमानाकामा हुने तस्करी संगै हुने आवतजावतले जोखिम अझै बढाएको छ । रातको समयमा नेपाल तर्फबाट पनि भारत तर्फ मदिरा तस्करी हुने गरेको छ ।

सिमा क्षेत्रका स्थानियहरु अहिले पनि दैनिक उपभोग्य बस्तु खरिद गर्न भारतिय बजारमा जाने गरेका छन् । जिल्लाका मुख्य मुख्य नाकाहरुमा सुरक्षाकर्मी परिचालित भए पनि खेती क्षेत्र तर्फ सुरक्षाकर्मीको उपस्थिति भएपनि मानिसहरु पनि सोहि बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतिय हरु पनि नेपाल प्रवेश गर्ने गरेको बताए । भारतियहरु साईकल र मोटरसाईकलमा दैनिक उपभोग्य बस्तुहरु बेच्नका लागि सिमावर्ती क्षेत्रमा आउने गरेको उनको भनाई छ ।

सुनसरीको सिमा क्षेत्रसंगै जोडिएको भारतको बिहारमा पनि कोरोना संक्रमित विरामीहरु फेला परेको अवस्थामा सिमा क्षेत्रबाट हुने आवतजावत पूर्ण रुपमा नरोकिएको, सुनसरीमा पनि कोरोना संक्रमण विकराल रुपमा फैल्न सक्ने जोखिम झनै बढि देखिएको छ । बिहारमा कोरोना संक्रमणको पुष्टी भएको भारतिय मिडियाहरुले बताए संगै सुनसरीको भोक्राहा, कोशी, हरिनगर, बर्जु, देवानगंज गाउँपालिका भारत संग सिमा जोडिएकोले उच्च जोखिममा रहेको भन्दै स्थानियहरु त्रसित भएका हुन् । उनीहरुले हालको अवस्था भन्दा पनि सिमामा थप कडाई गर्न माग गरेका छन् ।

पछाडि पोस्टविश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनमत पत्रकार संघ सप्तरीद्वारा दिपप्रज्वलन
अगाडि पोस्टसप्तरीमा कोरोना संक्रमण:एकै दिन ६९ जना मध्ये ४१ मा संक्रमण पुष्टि