विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनमत पत्रकार संघ सप्तरीद्वारा दिपप्रज्वलन

शेयर गर्नुहोला

 

सप्तरी टुडे संवाददाता
वैशाख-२०

राजविराज
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनमत पत्रकार संघ सप्तरीको आयोजनामा दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

राजविराज स्थित भएको कार्यक्रम प्रत्येक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारकर्र्मीहरुले यो दिवस मनाइने गरिन्छ ।यसै अवसरमा आज सोमवार जनमत पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना दिपप्रज्वलन गरिएको हो।

हामीलाई भेटीएको सुचना र ताजा अपडेटहरु सम्प्रेषणगर्न धेरै जनालाई पसिना बगाउनु पर्ने, ज्यान जोखिमम राख्नुको साथै कतिको ज्यान गुमाउनु परेको बताउदै कमल कुमार मण्डलले भने – सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा ज्यानको वाजी नै खेल्नु हुने सम्पुर्ण पेशाकर्र्मीको हार्दिक नमन अपर्ण गर्दै भविष्यममा पनि प्रेसलाई राजनिती र ब्यवसायको अखडा बनाउने कार्य नहोस् भन्ने आग्रह गरेका थिए । कार्यक्रममा कोभिड १९ को सतर्कता अपनाई मैनवती समेत प्रज्जवलन गरेको थियो ।

विष्शिट अतिथि सत्यनारायण मण्डल,सप्तरीका संयोजक चन्देश्वर मण्डल, अतिथि युवा संयोजक मनोज यादव, विष्णुपुर गाउँपालिकाका सचिव महेश प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा भोरुकवा एफ. एम. तथा मधेशलाईभका समाचारदाता कमल कुमार मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सि. एफ. एमका सम्वादाता नविन यादव, मधेश सरोकारका सञ्चालक आर एन राउत लगायतका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

पछाडि पोस्टराष्ट्रिय युवा संघ नेपाल, सप्तकोसी नगर कमिटिद्वारा निशुल्क माक्स वितरण
अगाडि पोस्टसिमा नाकामा दिनभर लकडाउन रातभर तस्करी : खेतको बाटो प्रयोग गर्दै आरिपारी