सप्तरीको बोदे बर्साईनमा पनि प्रहरीद्वारा निगरानी ,स्थानिय हाटबजार लगाउन रोक

शेयर गर्नुहोला
Southwestern
Mask

उमेश कुमार साह: सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका बोदे बर्साईन बजारमा स्थानिय हाटबजारमा कोभिड -१९दोश्रो चरणको प्रकोपबाट बच्न प्रहरीद्वारा कडा निगरानी गरेको छ ।

यस क्षेत्रमा कोरोना कोभिड -१९दोश्रो चरणको प्रकोप हुन सक्ने भएकोले त्यसबाट बच्न जनमानसमा सावधानी अपनाउन, सर्तक सहन माक्स एवं भौतिक दुरी कायम राख्न अति अवश्यक वाहेक घर बाहिर ननिस्कन भनदै कडा निगरानी गरिएको छ ।बोदे बर्साईन बजारमा माक्स नलगाउने एक सयका दरले जनहि जरिवाना गर्दै हाट बजार नलगाउन तथा स्थानिय चौक गल्लिहरुमा भिडभाड नगर्न आग्रह गरेको छ ।साथै कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नियन्त्रण गर्न सप्तरीको राजबिराज सहित विभिन्न ठाँउमा सवारी साधन जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरिएको छ ।

RITZ

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा शनिवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर–बिजोर प्रणाली अनुसार सवारी साधन चलाउने निर्णय गरेको हो । अत्यावश्यक सेवाका तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सवारी जोर–बिजोर प्रणाली लागु हुने प्रजिअ पोखरेलले बताए । उनका अनुसार वैशाख १९ गते आईतवारबाट जोर–बिजोर प्रणाली लागु हुनेछ । जोर मितिमा जोर र बेजोर मितिमा बेजोर नम्वरका गाडी चलाउने निर्णय भएको छ । निर्णय बमोजिम आईतवार बेजोर नम्वरका सवारी साधन मात्र सडकमा गुडाउन पाइनेछ । यस्तै बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ता कपडा र तरकारी विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरिएको छ । राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी सञ्चालन गर्न दिइने छैन । यस्तै गजेन्द्र नारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा पुगेको आइसोलेशन केन्द्र वैशाख १९ गतेदेखि सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन मेसुको जिम्मेवारी तोकेको छ ।

आफु पनि बचौ र अरुलाई पनि बचौं भन्दै सचेत गराउदै नियमको पालना नगरेमा कोभिड–१९ को संक्रमण रोकथाम तथा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने जनाइएको छ ।
बोदे बर्साईन नगरपालिकाले वडा नम्बर ०९ देउरीको स्वर्णपट्टिमा हेल्थ डेक्स स्थापना गरेर कडाई गरे तपनि नेपाल भारत सिमा खुल्ला कारण आवत जावत रोकिएको छैन ।

पछाडि पोस्टलुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
अगाडि पोस्टशीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता