महोत्तरीका सुधिर कुमारले सप्तरीमा गरे दहेजमुक्त विवाह,संस्थाको अध्यक्षद्वारा सम्मान

शेयर गर्नुहोला

महोत्तरीका एक पंडित दम्पतीले दहेजमुक्त विवाह गरेका छ्न।

महोत्तरीको सिस्वा कटैया,सहर निवासी युवा सुधिर कुमार पंडितले वैशाख १७ गते शुक्रबार राति दहेज नलिईकन सप्तरी जिल्ला राजविराज वाड नं १५ मुसहरनियाँ निवासी कुमारी रंजिता पंडित संग विवाह गरेको हो।

स्व राम श्रेष्ठ पंडित र शिवदुलारी देवीको छोरा सुधिर कुमार पंडितले राजविराज मुसहरनियाँ निवासी दानालाल पंडित र पार्वती देवी पंडितकी छोरी कुमारी रंजिता संग समाजिक परम्परा अनुसार दहेजमुक्त विवाहमा बांधिएको पारिवारिक सदस्यले जानकारी गराए ।

यसैगरि सो विवाहको कार्यक्रममा दहेज मुक्त मिथिला नेपालकी अध्यक्ष करुणा झाले यस्तो विवाहले युवाहरुमा दहेज लेनदेनबाट मुक्त हुने संदेश समेत गएको बताइन् ।साथै उहाँले जोकोही दम्पतीले दहेज मुक्त विवाह गरिरहेको भए संस्थालाई जानकारी गराए सम्मानका लागी संस्था सदैव उपस्थित रहने प्रतिबद्धता समेत व्यक्त गरिन।

दहेज मुक्त विवाहको कार्यक्रममा संचारकर्मी नबिन यादव, स्वास्थ्य क्रमी दिपेन्द्र यादव , दहेज मुक्त मिथला नेपालकी अध्यक्ष करूणा झाले नव दम्पतिलाई दहेज मुक्त मिथला संस्थाको तर्फबाट कदर पत्र संगै दोसल्ला ओढाएर आशिर्वाद दिदै सम्मान समेत गरेकी हुन।

पछाडि पोस्टसप्तरीमा भोलिदेखि जोर-बिजोर प्रणाली लागू
अगाडि पोस्टलुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य