नेपालमा फेरी बिहिबारदेखि लकडाउन सुरु हुँदै !!

शेयर गर्नुहोला

नेपालगञ्ज । तिव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा पनि लकडाउन सुरु भएको छ । देशभर लकडाउन घोषणा नगरिए पनि नेपालगञ्ज शहर सहित बाँकेमा लकडाउन गरिने भएको छ । सोमबार दिउँसो बसेको सर्वदलिय बैठकले बाँके जिल्लामा कोरोना संक्रमण घटाउन बिहीबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकमा कोरोना संक्रमणका कारण अस्पताल भरिभराउ भएको र लकडाउन बाहेक अर्को विकाल्प नभएको सर्वपक्षिय सुझाव दिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले विहीबारदेखि लकडाउन हुने सूचना जारी गरेका हुन् । पहिलो चरणमा एक साता लकडाउन गरिने र त्यसपछि आवश्यकता अनुसार थप गर्न सकिने प्रजिअ गेलालले बताए ।

सर्वपक्षिय बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डाक्टर नितेश कनोडिया, वेस्र्टन हस्पिटलका प्रवन्ध निर्देशक डाक्टर राहुल थापा, विभिन्न राजनितिक दल, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, पत्रकार, नेपाली सेना, नेपाल प्रहरी लगायतका सहभागिता रहेको थियो । कोरोना विरामीको उपचार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मात्र भैरहेकोछ ।

पछाडि पोस्टरुपनी गाउँपालिकाको एक नम्बर वडाको वडा अध्यक्षविरुद्ध उजुरी
अगाडि पोस्टसप्तरीमा भोलिदेखि जोर-बिजोर प्रणाली लागू