टिपरको ठक्करबाट घाइते खङ्गको मृत्यु

शेयर गर्नुहोला

 

सप्तरी टुडे संवाददाता
राजविराज
टिपरको ठक्करबाट घाइते उपचाररत देव नारायण खङ्गको मृत्यु भएको छ।
सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको हो। नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व वडा सदस्य हुन् ।नेेेकपा एमालेबाट वडा सदस्य भएका थिए ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक यही वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो । घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।

पछाडि पोस्टपेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा महासंघकाे अपिल
अगाडि पोस्टइनरुवाका २५ जना पत्रकारलाई प्रेस युनियन नगर समितिले ब्याग बितरण गरे