सरकारद्धारा काठमाण्डौ उपत्यका छोड्न चाहनेलाई २ दिनको समयसिमा

शेयर गर्नुहोला

सरकारले निषेधाज्ञा गर्नुअघि काठमाण्डौ उपत्यका छाडेर घर जान चाहनेका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी सीडीओ कालीप्रसाद पराजुलीले कोभिड सङ्क्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक हप्ता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय दिइने बताउनुभयो ।

सोमवार काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको हुन् । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले बताउनुभयो ।

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्णरूपमा पालना नहुँदा सङ्क्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिन निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।ताजा खबर

पछाडि पोस्टसमाचार लेखेकै कारण  ठेकेदारद्धारा पत्रकारलाई  धम्की
अगाडि पोस्टसरकारी निर्णय बिपरित बिद्यालय सञ्चालन गर्ने ११ वटा प्रिन्सिपल प्रहरी नियन्त्रणमा