यौ’न लिलामा लिप्त गाउँ “पालिका अध्यक्ष यादव पक्राउ, जागिर लगाइदिने भनी पटक–पटक करणी गरेको आरोप

शेयर गर्नुहोला

प्रतिक्षण संवाददाता
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक युवतीसँग अवैध यौन सम्र्पक गर्दागर्दै बुधबार अबेर पक्राउ परेका छन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादवलाई हिजो बुधबार अबेर सुनसरीको धरान–४ स्थित डुकु होटलबाट एक युवतीलाई अवैध यौन सम्पर्क गर्दागर्दै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो।

सुनसरी सदरमुकाम इनरुवा बजारबाट उनले प्रयोग गर्ने सरकारी गाडीमा एक युवतीलाई लिई अध्यक्ष यादव हिँडेपछि स्थानीयले सुनसरी प्रहरीलाई दिएको खबरअनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले यादव बसेको होटलमा छापा मारी गरी निजसँग युवती फेला पारेको सुनसरी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई युवतीसँग निर्वस्त्र अवस्थामा फेला पारेको प्रहरी स्रोतको भनाइ छ ।

युवतीको मामलामा खप्पिस रहेको आरोप लाग्दै आएका अध्यक्ष यादव यसअघि समेत देशका विभिन्न होटलहरुमा युवतीहरुसँग देखापरेको स्रोतको दाबी छ । धरानमा रंगेहात पक्राउ परेका यादवविरुद्ध सुनसरी प्रहरीले आज बिहीबार मुद्धासमेत दर्ता गर्ने तयारीलाई पूर्णता दिएको छ।

होटलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान कण्ड’मसमेत बरामद भएको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीको स्रोतका अनुसार युवतीलाई आफ्नै कार्यालयमा जागिर दिने प्रलोभन देखाउँदै अध्यक्ष यादवले विगत केही वर्ष अघिदेखि नियमित यौ’न शोषण गर्दै आएका थिए । यसबारे थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताएका छन् । पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवसहित युवतिको हिजो राती नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ ।

पछाडि पोस्टलहानमा रामनवमी चैते दशैँको रौनक
अगाडि पोस्टना जाने क्यों उम्र बढ़ती है ,-पार्थो सरकार