सप्तरीको छिन्नमस्ता अस्पताल र बंगलादेश बैंक बिच सम्झौता

शेयर गर्नुहोला

सप्तरी टुडे सम्वादाता

नवीन कुमार यादव

बैशाख-७गते

राजविराज ।

सप्तरी जिल्लाको मुटुमा रहेको छिन्नमस्ता अस्पतालमा आज एऊटा कार्यक्रम बिच बंगलादेश् बैंक र अस्पतालले सम्झौता गरेका छ्न।

छिन्नमस्ता अस्पताल र बंगलादेश् बैंक बीच अस्पतालमा चेक जाँच गराउन आउँदा कर्मचारी तथा ग्राहकबर्गहरूलाई अनिवार्य रुपमा कुनै प्रमाणपत्र तथा कार्ड, पासबुक र एटिएम संगै अन्य प्रमाणित गरिएको कागज तथा कुनै प्रकारको कागजहरु छिन्नमस्ता अस्पतालमा स्वास्थ्य परिक्षण गरिने समयमा अनिवार्य रुपमा पेश गरेवापत विशेष छुट को साथ आफ्नो स्वास्थ परिक्षण गराउन पाउने सम्झौता  गरिएको दिपेन्द्र यादवले बताउनु भएका छन्।

उक्त अस्पतालको एक कार्यक्रममा अस्पतालको तर्फबाट निर्देशिका डा. स्वेता झा,प्रशासकीय अधिकृत संतोष यादव,अस्पतालको संयोजक दिपेन्द्र यादव, इन्चार्ज शिकेन्द्र मंडल र लेखा अधिकृत सरिता भगत रहेका थिए।

यसैगरी बंगलादेश् बैंकको तर्फबाट बंगलादेश् बैंकको प्रदैश नं २को प्रमुख बाल्कृषन श्रेष्ठ,राजविराज शाखाको प्रबन्धक अजित कुमार झा लगायत ब्यक्तिहरूको उपस्थितमा दुबै संस्था बिच सम्झौता भएको थियो।

पछाडि पोस्टराष्ट्रिय युवा संघ नेपालको सुरुङ्गा र बलान बिहुल कमिटी घोषणा
अगाडि पोस्टबालविवाह तथा दाइजो मुक्त राष्ट्रिय अभियानका संयोजक सिंह कोरोना संक्रमित