संजय पासवानको नेतृत्वमा राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला कमिटी गठन

शेयर गर्नुहोला

सप्तरी टुडे संवाददाता
वैशाख-४

राजविराज
संजय पासवानको नेतृत्वमा राष्ट्रिय उद्योग व्यवसाय महासंघको ३८ सदस्यीय सप्तरी जिल्ला कमिटी घोषणा भएको छ।

नेकपा (एमाले )पार्टी कार्यालय राजविराजको मदननगरमा आज भएको भेलाले पासवानको नेतृत्वमा जिल्ला कमिटी घोषणा भएको हो।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश सभा सदस्य सत्यनारायण मंडलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता महासंघको केन्द्रिय सदस्य पंचदेव खङ्गले गरेको थियो।
।महासंघको केन्द्रिय सदस्य सुरेश सिंहले संचालन गरेको कार्यक्रममा महासंघको जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्ष दिपक कुमार झालाई चयन गरेको छ।

यसैगरी वरिष्ठ उपाध्यक्ष बनसराज साह,जय कुमार राईलाई सचीव तथा अफरोज आलमलाई सह-सचिवमा चयन गरेको छ।

भेलामा नेकपाकि नेत्री रन्जु झा ठाकुर,जिल्ला कमिटी सदस्य अशोक यादब,दुर्गानन्द ठाकुर,डमर प्रसाद महतो,शिव नारायण परियार ,बुधन झा,ई.प्रमोद साह,अखिलेश झा,पिन्टु कुमार यादव,मिन्टु चौधरी ,शर्मिला खडका लगायत सयौं नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

पछाडि पोस्टनेपाल-भारत मैत्री संघको केन्द्रिय कार्यसमितिको शपथ ग्रहण सम्पन्न
अगाडि पोस्टअनेमसंघको राजविराज नगर कमिटी घोषणा