“बज्जी” त्रैमासिक पत्रीकाको सर्लाहीमा बिमोचन

शेयर गर्नुहोला

धर्मेन्द्र कुमार यादव- महोत्तरी,

लोप हुँदै गइरहेको विभिन्न भाषाहरुलाइ जिवित राख्नका लागी र जनगनना २०७८ मा समेत समाबेश गराउन बाषा भाषीहरु हर सम्भव प्रयास जारी राखेको छ। यसै क्रममा रौतहट, सर्लाही, महोत्तरी, र भारतको केही भागमा बोलिने बज्जिका भाषालाई जिवित राख्न “बज्जी” त्रैमासिक पत्रीकाको बिमोजन गरिएको छ। सर्लाही जिल्लाबाट प्रकाशित हुने त्रैमासिक पत्रीका “बज्जी” को शनिवार एक समारोह बिच बिमोचन गरिएको छ।

सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका ३ धनकौलमा आयोजित पत्रीका बिमोचन तथा सम्मान कार्यक्रममा त्रैमासिक पत्रीकाको बिमोचन गरिएको छ। बिमोचन कार्यक्रममा बज्जिका भाषालाइ अगाडि बढाउने दुई जना अभियानीलाइ सम्मान गरिएको छ। सम्मानित हुनेमा अभियानी मध्ये संजय झालाई “बज्जिका शिरोमनी २०७७” र किशुन दयाल राय लाई “बज्जिका सम्राट २०७७” बाट सम्मान गरिएको छ। सम्मानित दुबै जनालाई दोसल्ला, अबिर र प्रमाण पात्र प्रदान गरिएको छ।

आउने जनगननामा सबैले आफ्नो भाषा बज्जिका लेखाउनमा जोड दिएका थिए। बज्जिका भाषालाइ पुर्वबाट मैथिली र पश्चिमबाट भोजपुरीले दबाउन खोजिएको छ त्यस संग डटेर लड्न आग्रह समेत गरेका छन।

कार्यक्रममा बोल्दै वाडा अध्यक्ष धर्मराज यादवले भन्नू भयो कि आउने दिनमा यस वाडमा पुन बज्जिका भाषाको कार्यक्रम आयोजना गरिनेछ साथै नगरपालिका भित्र रहेका सम्पुर्ण बिद्यालयहरुमा मातृभाषाको रुपमा बज्जिका भाषाको पठन पाठन गराउने प्रतिबध्ता गर्नु भएको छ।

पत्रीका बिमोचन कार्यक्रमको प्रमुख अतिथी हरिपुर्वा न पा ३ का वाडा अध्यक्ष धर्मराज सिह रहेका थिए त्यसतै विशिष्ट अतिथीमा संजय साह, किशुनदयाल राय, राजु श्रीवास्तव लगायत दर्जनौ बज्जिका अभियानी हरुको साथै विभिन्न बिद्यालयहरु मा कार्यरत प्र अ, शिक्षक, शिक्षिका हरुको उपस्थिती रहेको थियो।

पछाडि पोस्टबलान बिहुल मा जसपा पार्टीलाई झटका युवा नेताहरू पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरे
अगाडि पोस्टपर्साको ठोरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट