“शनिदेव भगवान” को दर्शन गरि आजको तपाई को भविष्य कस्तो छ, हेर्नुहोस

शेयर गर्नुहोला

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।
मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ सामाजिक कार्यमा मन जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ राजनैतिक कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ | जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आज नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा मन जानेछ ।

पछाडि पोस्टजनमत पार्टीको प्रथम महाधिवेशन को आयोजना
अगाडि पोस्टसुखीपुर नगरपालिका चौथो नगर महोत्सवको तयारीमा