गोल्ड मेडल बिजेता कराते खेलाडी सुदिप चौधरीलाई IKKF प्रदेश नं २ द्वारा सम्मान

शेयर गर्नुहोला

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
पाँचौ IKKF राष्ट्रिय प्रतियोगिताको गोल्ड मेडल जितेका खेलाडीलाइ IKKF प्रदेश नं २ द्वारा शनिवार सम्मान गरिएको छ।

IKKF प्रदेश नं २ को कार्यलयमा आयोजित एक कर्यक्रममा गोल्ड मेडल जितेका सुदिप चौधरीलाइ सम्मान गरिएको छ। महोत्तरी जिल्लाको गौशाला न.पा.वडा न.२ निगौल बस्ने दिपेन्द्र चौधरी र उर्मिला देवी चौधरीका १९ वर्षीय छोरा सुदिप कुमार चौधरीले काठमाडौंबाट कराते खेलमा बिजयी प्राप्त गरेका थिए। उनले मेडल र गोल्डकप हात परेका छन् ।

सम्मान गर्ने क्रममा चौधरीलाइ गौशाला न पा वडा न.२ को तर्फबाट २० हजार , IKKF को तर्फबाट २५ हजार र मा.वि.निगौलको तर्फबाट ५ हजार गरि ५० हजार नगद पुरस्कार समेत पदान गरेका छन् ।

गौशालाको IKKF द्वारा आयोजित उक्त सम्मान कार्यक्रममा होलीको शुभकामना आदान प्रदान गरिएको छ ।

IKKF चिफ संजिप चौधरीले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथीमा समाज सेवी तथा बिकासप्रेमी लक्ष्मी महतो , विशिष्ट अतिथि जसपा पार्टीको गौशला नगर संयोजक कुमरकान्त झा ,गौशाला वडा न.२ का वडा अध्यक्ष शेष सलाम , IKKF धनुषा जिल्लाका अध्यक्ष उमेश प्रसाद यादव , प्रशिक्षक प्रमोद चौधरी , युवा समाज सेवी श्याम सुन्दर मण्डल लगायत अन्य खेलाडीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी सम्मानित सुदिप चौधरीलाई बधाई ज्ञापन गर्दै, यसले प्रदेश न.२ को गौरब बढाएको र यस्तो गौरवमय कार्य गर्नमा सबैलाई प्रोत्साहन गर्नुपर्ने जसपाका नगर संयोजक कुमरकान्त झाले बताएका छन् ।

पछाडि पोस्टएमाले सप्तरीले नेता प्याकुरेललाई राष्ट्रियसभामा दलको नेता चयन गरिएकोमा धन्यवाद ज्ञापन
अगाडि पोस्टबजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि