सप्तरी प्रिमियर लिग: बोदे बर्साईन र रुपनी राईडर्स विजयी

शेयर गर्नुहोला

सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन बिहिबार सम्पन्न दुईवटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले जित दर्ता गरेका छन् । 

राज रंगशालामामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गर्यो ।

टिभीएस किंग्सले दिएको १६२ रनको लक्ष्य रुपनीले १६.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै अमित यादवले ३१ बलमा ४ चौका र २ छक्का मद्दतले ५४ रन तथा लोकेश बमले १२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै अविजित ३४ रन बनाए। निरज मुखियाले २३ रन बनाए ।

टिभीएस किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग रोजेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

टिभीएस किंग्सको लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ५४ रन योगदान दिए जुन क्रममा ५० बलमा ८ चौका प्रहार गरे । सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन, आसिफ शेखले १६ रन तथा रोबिन सिंह र सुदर्शन सिंहले समान १२ रन बनाए ।

रुपनी राईडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए। यस्तै फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम चुनिए ।

दिनको दोश्रो खेलमा बोदे बर्साईन थन्डर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्ट लाई १०१ रनले पराजित गर्यो । 

बोदे बर्साईनले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीले १५.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । 

तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक २७ रन, दिपेश कंडेलले १९ रन तथा चित्र बहादुर बिस्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बोदे बर्साईनका बलर बिशाल सुश्लिंगले सर्वाधिक ५ विकेट, सिद्धान्त लोहनीले ३ विकेट, बसन्त रेग्मीले २ विकेट तथा नारायण जोशीले १ विकेट लिए । 

यस अघि टस जितेर ब्याटिंग गरेको बोदे बर्साईन् थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो । 

बोदे बर्साईनका कप्तान सिद्धान्त लोहनिले शतक बनाउने क्रममा ५९ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै अविजित १०० रन बनाए। यस्तै नारायण जोशीले १९ रन, राहुल मण्डलले १७ रन, योगेन्द्र सिंह कार्कीले १४ रन तथा बिशाल सुश्लिंगले १५ रन योगदान दिए ।

तिलाठी कोईलाडीको बलिंगमा आदील अन्सारी र चित्र बहादुर बिस्टले समान २ विकेट लिए। यस्तै राशिद खान र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सिद्धान्त लोहनी चुनिए ।

पाँचौ दिनको खेल समाप्ति पछि लिग अंकतालिकामा रुपनी राईडर्स ५ खेलमा ३ जित पछि ६ अंक बटुल्दै पहिलो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । ३ खेल खेलेको बजाज खडक वारियर्स र ५ खेल खेलेको तिलाठी कोईलाडी जायन्टसको समान ५ अंक रहेता पनि नेट रन रेटमा वारियर्स दोश्रो र जायन्टस तेश्रो स्थानमा रहेको छ । समान २ अंक रहेका बोदे बर्साईन थन्डर्स चौथो र टिभीएस किंग्स राजविराज पाँचौ स्थानमा छ ।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा शुक्रबार बजाज खडक वारियर्स र टिभीएस किंग्स राजविराज बीच खेलिनेछ । वारियर्सले जित दर्ता गरेको खण्डमा फाइनलमा स्थान सुनिस्चित गर्नेछ भने पराजित भएको खण्डमा पनि नेट रन रेटमा फाइनल पुग्ने सम्भावना प्रवल रहेको छ । टिभीएस किंग्स विजयी भएको खण्डमा बजाज खडक वारीयर्स, तिलाठी कोईलाडी र टिभीएस किंग्स राजविराज मध्ये नेट रन रेटमा अघि हुने टिम फाइनलमा पुग्नेछ ।  

पछाडि पोस्टबोदे बर्साईन:भारत बाट नेपाल तर्फ भनसार छली ल्याउदैँ २४ पिस अलिबेस्टर, सहित एक जना प्रहरीको नियन्त्रणमा ।
अगाडि पोस्टपाँच सय रुपैयाँ लिएर बिएड दोस्रो वर्षका ‘रिपोर्ट राइटिङ’ कपि बितरण