मलाई जन्मन देउ !!

शेयर गर्नुहोला

 

सप्तरी टुडे

नाम – छैन
उमेर – तीन महिना
ठेगाना – गर्भ
समाजले छोरी भनेकी
म चाहेर नी जन्मिन नपाएकी
किनकी ,
डाक्टरले तीन महिना मै पत्तो लागाईदियो
कि म छोरी भन्ने
अनि त घरमा कलह!
आमालाई “छोरा नी पाउन सक्दिनस्?”
बिचरा आमा मौन
बा’को अगाडि के बोल्ने?
किनकि उनलाई त एउटा भुत सवार थियो।
छोरा !
छोरा !!
छोरा !!!
मिल्ने भए आमाले दिनहूँ
छोरा जन्माइ दिन्थिन्,
केवल बा’को लागि
तर मिल्दैन पो ।
तीन महिनामा छोरा कि छोरी थाहा
पाइदिन्छन्
अनि हुन्छ भ्रुणहत्या
यस्तो घटना मेरी आमाको
जिवनमा धेरै भयो
किनकि बालाई चाहिएको छोरा थियो
छोरा ।
उसले वंश चलाउछ
स्वर्गको ढोका खोल्छ
बालाई पिण्ड दिन्छ
तर म छोरीमा ती गुणहरु
छैनन्।


फालिन्छु कलिलै उमेरमा
बा स्कुल त गएनन्
तर,
त्यो डाक्टर त स्कुल गएर पढ्यो
कि छोराछोरी बराबरी ।
अहो! पैसाको लोभले
मेरो हत्या गर्यो
निर्मल हत्या


फ़ालिऍ कतै
यो संसारमा परिचितविहिन भऍ
तर पनि एकचोटि जन्मेर
मेरा बालाई सोध्ने रहरथ्यो
“बा, म छोरी हो
बा, म जन्मिनुमा पनि गल्ति छ?
बा, तिमीलाई कस्ले जन्मायो?
बा, तिमिले घरमा कस्लाई भित्रयाएका छौ ?
हरेक साझबिहान खाना कस्ले पकाउछ ?
तिम्रो पसिनाले भिजेका लुगा कस्ले धुनछ ?
छोरा भर कुन बाआमा स्वर्ग छिरे ?”
हो यस्तै लामो प्रश्न छन्,
मनमा उकुसमुकुस गुम्सिएका
तर
म जन्मिनै पाउदिन
मलाई जन्मनै दिईदैन
बा, मलाई जन्मन देउ
यो संसार हेर्छु

गन्ति गर्छु
छोरा चै कति रहेछन् यो संसारमा?
(Copyright मधेश एक्सप्रस)

पछाडि पोस्टप्रेस चौतारी नेपाल शाखा सप्तरीको भेला चैत्र १४ गते हुने
अगाडि पोस्टतिलाठी कोइलाडीमा आगलागी हुँदा चार घर जलेर नष्ट,एकजना गम्भीर