हिंसा धेरै भो सरकार-यात्री बोगटी

शेयर गर्नुहोला

हिंसा धेरै भो सरकार

हिंसा धेरै भो सरकार तिरस्कार भो। महिला माथि सरकारको अत्याचार भो।

स्कुल पढ्ने छोरीहरु बलात्कार गर्छौं । हाम्रा वृद्ध आमाहरू बलात्कार गर्छौ। घर, समाज, सिङ्गै देशमा कुरुप शासन भो । किन मुल्य छैन हाम्रो स्वाभिमानको ?

हिंसा धेरै भो सरकार तिरस्कार भो। महिला माथि सरकारको अत्याचार भो ।

महिलालाई शृङ्गार, विलास, भोग्य ठान्दछौ । संधै तिम्रो दास बनाउन योग्य ठान्दछौ । दुर्गन्धले भरिएको मस्तिष्क मृत भो । नयाँ सन्देश फैलाउनु छ ज्ञान अमृतको ।

हिंसा धेरै भो सरकार तिरस्कार भो। महिला माथि सरकारको अत्याचार भो ।

आमा दिदिबहिनी हामी उठ्ने बेला भो। यो व्यवस्था उन्मुलनमा जुट्ने बेला भो ।
यात्री बोगटी
काठमाडौं

पछाडि पोस्टसमता र समाबेशी शिक्षा सम्बन्धी दुई दिने बिद्यालय स्तरीय योजना कार्यक्रम शुरु
अगाडि पोस्टसप्तरीमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को बोर्ड राखी कार्यालय स्थापना