मैथिलीलाई पनि कानुनी कामकाज र पठनपाठनको भाषा बनाउनुपर्नेमा कवियत्री झाको जोड

शेयर गर्नुहोला

सप्तरी टुडे संवाददाता
मंङ्सिर-३ मंगलबार

राजविराज
सप्तरी जिल्लाको राजविराजमा आयोजित मिथिला साहित्य कला प्रतिष्ठानको तेस्रो वार्षिकोत्सब समारोह नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा मङ्सिर २ गते मंगलबार सम्पन्न भएको छ।

चौधौं वर्षमा प्रवेश गरे संगै प्रतिष्ठान पत्रकार महासंघको सभाहलमा ‘मैथिली भाषाक बर्तमान अवस्था:समस्या आ समाधान ‘विषयमा भाषाको उत्थान र बिकासमा मैथिल अभियानीहरुले बोलिमै सिमित रहेको अन्तर्राष्ट्रिय मैथिल परिषदकि अध्यक्ष करुणा झाले बताइन् ।

त्यसैगरि आयोजित कार्यक्रमका वक्ताहरुले मैथिली भाषालाई दबाउन षड्यन्त्र भईरहेको टिप्पणी गरेका छन् । मिथिला साहित्य कला प्रतिष्ठान नेपालको तेश्रो वार्षिकोत्सवका वक्ताहरुले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रधानाध्यापक पिताम्बर लाल यादवले भने– “एक समयमा हामी मिथिला र मैथिली विश्वमा गौरवशाली स्थान प्राप्त गरेका थिए, तर अहिले हामी मैथिलीको स्थान खोज्दै छौं । नेपालमा पहिलो भाषा नेपाली र दोश्रो स्थानिय भाषाका रुपमा मैथिली रहे पनि अहिले चौथो–पाचौं स्थानमा लैजाने षड्यन्त्र भईरहेको र यस्तो षड्यन्त्रविरुद्ध मैथिली भाषाभाषीलाई सजग हुनु आवश्यक रहेको ।” बताए

कार्यक्रममा विशिष्ट अतिथि मिथिला टाईम्सका सम्पादक रामरिझन यादवले मैथिली भाषालाई रोजीरोटीसँग जोड्न आवश्यक रहेको बताए ।

भाषणले मात्र मैथिली अगाडी नहुने बताउँदै उनले थपे –”सबैलाई आ–आफ्ना स्थानबाट मैथिलीका लागी कार्य गर्नु पदर्छ ।” मैथिली साहित्य परिषद् राजविराजका उपाध्यक्ष श्यामसुन्दर यादवले -मैथिली लेख्न र बोल्न नआएको आफ्नै मनोरोगी भएकोले यस्ता संकुचितका घेराबाट निस्किएमा मात्रै मैथिली अगाडी बढ्ने तथा मैथिली भाषालाई सिनेमा, गीत, संगीत, सञ्चार तथा राजनितीसगँ जोड्ने उनले आवश्यकता औंल्याए ।

प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका संस्थापक सदस्य शम्भु श्रीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र मिश्र, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन भने साहित्यकार विद्यानन्द वेदर्दीले गरे ।

कार्यक्रममा मैथिली साहित्य परिषद् राजविराजका आजीवन सदस्य एवं लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विद्यालय वभनगामाकट्टीका पुर्व प्रधानाध्यापक तिलाठी कोइलाडी गाउँपालिका–३ का जवाहर लाल देवलाई सुखी फुलो मिथिला गौरवबाट सम्मान गरिएको छ ।

उनले आफ्ना विद्यालयसहित विद्यालयका सम्पुर्ण श्रोत केन्द्र तथा जिल्लामा समेत मैथिली भाषाको पढाई सञ्चालनमा योगदान पुर्याएका थिए । सोही कार्यक्रममा किरण झाद्वारा लेखिएको मधुश्रावनी गीतमाला पोथी पनि लोकार्पण गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथि रामरिझन यादवले सो पोथीको लोकार्पण गरेका हुन्

पछाडि पोस्टजलेश्वर-हर्दी सडक खण्डको कालोपत्रेमा ९२% काम पूरा
अगाडि पोस्टमैथिलीलाई पनि कानुनी कामकाज र पठनपाठनको भाषा बनाउनुपर्नेमा कवियत्री झाको जोड