सार्वजनिक अपराधसंग जोडिएका समाचार सम्प्रेषण सम्बन्धि प्रेस काउन्सिल नेपालको अपील

शेयर गर्नुहोला

सप्तरी टुडे संवाददाता
कार्तिक-२३ आइतबार

राजविराज
हत्या,अपहरण जस्ता सार्वजनिक अपराधसँग जोडिएका समाचार सम्प्रेषणले कुनैपनि ब्यक्ति तथा साझी पीडितहरुको हकमा अनुसन्धान हुनुपुर्व नै विभिन्न सञ्चारमाध्यमहरुमा साझी,पीडित र प्रमाणसमेतको सुरक्षामा प्रयाप्त ध्यान नदिई समाचार सम्प्रेषण हुँदा पीडित एवं साझीहरु असुरक्षित हुने र सत्यतथ्य छानबिन लगायत समग्र न्यायीक प्रक्रियामा असर पर्ने जाने उक्त कार्य पत्रकार अचार संहिताको उलंघन भएको भन्दै यस्तो कार्य नगर्न/गराउन प्रेस काउन्सिल नेपालले आज आइतबार एक प्रेस अपिल गरेका छ्न।

काउन्सिलको उप-प्रशासकीय अधिकृत रामशरन बोहराद्वारा हस्ताक्षरित प्रेस अपिलमा भनिएको छ-हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका कुनै पनि व्यक्ति तथा साक्षी पीडितहरूको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यमहरूमा साक्षी, पीडित र प्रमाणसमेतकों सुरक्षामा पर्याप्त ध्यान नदिई विभिन्न सामाजिक सञ्जालहरूमा पनि समाचार सम्प्रेषण हुँदा पीडित एवं साक्षीहरू असुरक्षित हुने र सत्यतथ्य छानविनलगायत समग्र न्यायिक प्रकियामा असर पर्न जाने र उक्त कार्यले पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन, २०७६) को दफा ४(९) र ५(४) उल्लङ्घन हुने हुँदा यस्ता विषयमा सामग्री सम्प्रेषण गर्दा थप संबेदनशील हुनुपर्ने काउन्सिलको अनुगमनबाट देखिएको छ ।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौं महानगरपालिका, काँडाघरी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या र रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८ मा मिति २०७७/२/१० गते ६ जना युवाहरूको मृत्यु भएको घटनाका सम्बन्धमा सूचना वा विवरणहरू सम्प्रेषण गर्दा सम्बन्धित मिडियाहरूले साक्षी, पीडित र प्रमाणसमेतको सुरक्षामा पर्याप्त ध्यान नदिई विभिन्न सामाजिक सञ्जालहरूबाट पनि समाचार सम्प्रेषण गरेकोले त्यस्ता पीडित एवं साक्षीहरूले असुरक्षित महसूस गरेको साथै घटनासँग जोडिएका कुनै पनि व्यक्ति तथा साक्षी पीडितहरूको हकमा अनुसन्धान हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यममा नाम सार्वजनिक हुँदा निजहरूको गोपनीयता, शान्ति सुरक्षा समेतमा गम्भीर असर परेको हुँदा सम्बन्धित निकायले विचार पुयाउन उक्त निकायहरूलाई ध्यानाकर्षण गराउने राष्ट्रिय मानव अधिकार आयोगको पत्राचारबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् समेत अनुरोध भई आएको छ।

यसर्थ यस्ता घटनासँग जोडिएका कुनै पनि व्यक्ति तथा साक्षी पीडितहरूको हकमा अनुसन्धानपूर्व सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूबाट नाम सार्वजनिक नगर्न / नगराउन प्रेस काउन्सिल नेपाल आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपील गर्दछ ।

पछाडि पोस्टमुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द अवस्थामा
अगाडि पोस्टसहिद प्रभु नारायण स्मृति क्रीकेट प्रतियोगिताको उद्घाटन खेलमा सोनराको सुपर जित