सप्तरी टुडे संवाददाता
कार्तिक-३,सोमबार
राजविराज
विश्व हिन्दु परिषद नेपालले, राजनैतिक सभा सम्मेलन गर्न छुट तर हिन्दुहरुको चाडपर्वमा सरकारद्वारा बाधा अवरोध खडा गरिनु निन्दनीय रहेको भन्दै आज प्रेस बिज्ञ्प्ती जारी गर्दै श्रदालुभक्तजनहरुलाइ सहज दर्शन गर्न नदिए विश्व हिन्दु परिषद नेपाल बाध्य भएर सडकमा उतरीने चेतावनी दिएका छ्न।
बिज्ञप्तीमा भनिएको छ-हालै विभिन्न राजनीति दलहरुको पार्टी प्रवेश कार्यक्रम एवं गत महिना देशका विभिन्न ठाउँमा मुस्लिम समुदायले हातहतियार सहित सुसज्जित भई मोहरम पर्व मनाइरहदा कहि कतै प्रशासनद्वारा रोकटोक गरेको देखिएको थिएन ।
सरकारले कोरोना नियन्त्रण गर्ने बहानामा हिन्दुहरुको महान पर्व दशैमा समेत मठमन्दिरमा रोक लगाएको प्रती गम्भीर ध्यानाकर्षण भएको छ।
पार्टी प्रवेश,शुभकामना आदनप्रदान एवं भवन लोकार्पण कार्यक्रमको नाममा मन्त्री सहितको उपस्थितिमा हजारौं भिड एकीकृत गर्दा कोरोना कोरोना संक्रमण नहुने तर हिन्दुहरुको चाडपर्वमा मात्र संक्रमण हुने ?नेसनल मेडिकल कलेजको उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना समेतको उपस्थितिमा हजारौंको भिड एकीकृत गरि सरकारद्वारा स्वयं नियमको धज्जी उडाउनु गम्भीर बिषय हो।त्यस्तै भन्सार,कर तथा यातायातको कार्यालयमा सयौंको भिड नियन्त्रण गर्न कुनै नियम को कार्वायन नगरिनु सरकारको चरीत्र माथी प्रश्न चिन्ह खडा गरेको छ।
राजनीति लाभकालागि सरकारद्वारा एक बिशेष समुहलाइ भिडभाड का साथ सभा सम्मेलन गर्न छुट दिईनु र बहुसंख्यक हिन्दु समुदायको आस्थालाई वेवस्ता गर्दै मन्दिर दर्शनमा निशेधज्ञा जारी गरिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको छ।सरकारले प्रदर्सन गरेको गैरजिम्मेवारीपुर्ण दोहोरो मापदण्डले बहुसंख्यक हिन्दु समुदायको मन मस्तिष्कमा चोट पुर्याएको छ्न।
परिषदको महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित बिज्ञ्पतीको अन्तमा लेखिएको छ-सरकारको यस्तै हिन्दु बिरोधि रवैया रह्यो भने हिन्दु समाज र विश्व हिन्दु परिषद,नेपाल सरकार विरुद्ध सडकमा उतरिन बाध्य हुनेछ र तत्पश्चात सृजना हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनेछ ।हिन्दुहरुको आस्थालाई ख्याल गर्दै निश्चित स्वास्थ्य
सुरक्षा सम्बन्धि प्रोटोकल बनाएर देशैभरीका मठमन्दिरहरुमा नियमित दर्शन खुला गर्न एवं आउदै गरेको दिपावली तथा छठ पर्वको सहजताका लागि आवश्यक सहजता मिलाउन हुन सरकार समझ विश्व हिन्दु परिषद नेपाल हार्दिक आग्रह गर्द्छ।साथे हिन्दुबिरोधी तत्वहरुलाइ निरुत्साहित गर्न सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुलाइ संगठित हुन विहिप नेपाल अपिल गर्दछ।